काठमाडौं । अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
आफ्नो देशको संसद्मा सम्बोधन गर्दै उनले नेपाल र प्रभावित समुदायलाई सहयोगको प्रतिबद्धता जनाएका छन् ।
सोमबार (भदौ २२) नेपालले राष्ट्रिय शोक दिवस मनाइरहेको छ । यही बेला उनले ‘नेपाली मित्रहरू’ले यो भारी शोक एक्लै बोक्नु नपर्ने भन्दै दुःखको घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको सन्देश दिएका छन् ।
राष्ट्रिय शोक दिवसका अवसरमा अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती तथा भारतीय समुदायसँग त्यहाँका गभर्नर र अरू अधिकारीहरूले भेटघाट गरी सहानुभूति व्यक्त गरेका छन् ।
अस्ट्रेलियाली नागरिकले देखाएको करुणा र उदारताको उनले प्रशंसा पनि गरेका छन् । उनले आपत्कालीन सहायता कोषमा खुलेर योगदान गर्न तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आशा कायम राख्न र प्रार्थनाका निम्ति नागरिकलाई अपिल गरेका छन् ।
सम्बोधनका क्रममा उनले प्राकृतिक विपद्मा परी ३६ अस्ट्रेलियाली नागरिक अझै बेपत्ता रहेका पुष्टि भएको बताए ।
शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०सँग टेलिफोन वार्ता गर्दै उनले देशले भोगेको त्रासदीप्रति समवेदना व्यक्त गरेका थिए ।











