काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १९ युवाको स्मरण गर्दै आगामी दिनमा त्यस्तो दुःखद् घटना दोहोरिन नदिने संकल्प गर्नुपर्ने बताएकी छिन्।
आन्दोलनको एक वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गौतमले वार्षिकीलाई केवल विगत सम्झिने दिनमा सीमित नगरी नयाँ प्रतिबद्धता गर्ने अवसर बनाउनुपर्ने बताइन्।
गत वर्ष भदौ २३ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ युवाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट आन्दोलन थप चर्किएर देशव्यापी बनेको थियो।
गौतमले ज्यान गुमाएका युवाहरूको स्मृतिमा “फेरि यस्तो दिन कहिल्यै नदोहोरियोस्” भन्ने प्रतिबद्धता आवश्यक रहेको बताएकी छिन्।











