मंगलबार, भाद्र २३, २०८३
कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक, असोज १६ देखि केन्द्रीय महाधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशनहरूको नयाँ कार्यतालिका सार्वजनिक भएको छ। कांग्रेस निर्वाचन समितिले वडा अधिवेशन असोज ३ र ४ गते गर्ने जनाएको छ।

यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने भनिए पनि रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मिति सारिएको कांग्रेसले जनाएको छ।

नयाँ कार्यतालिकाअनुसार असोज ३ र ४ गते ६ हजार ७४३ वडामा अधिवेशन तथा क्षेत्रीय प्रतिनिधिको चयन हुनेछ। असोज ७ गते स्थानीय तहको अधिवेशन र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ। कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय