मंगलबार, भाद्र २३, २०८३
‘चिल्ला भाषण गर्न आउँदैन’ भन्दै पुराना दललाई गृहमन्त्री गुरुङको कडा चेतावनी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूलाई चिल्ला भाषण गर्न नआउने भन्दै पुराना राजनीतिक दलहरूलाई जेनजी आन्दोलनको वास्तविकता स्वीकार गर्न चेतावनी दिएका छन्।

जेनजी सहिद दिवसमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले पुराना दलका नेताहरूले अहिले पनि आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले आन्दोलनको इतिहास परिवर्तन गर्न कसैले नसक्ने बताए। आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपालीको अपमान भएको भन्दै उनले पुराना दलहरूलाई “सुध्रिनुस्, अझै समय छ” भन्ने चेतावनी दिए।

गुरुङले जेनजी युवाहरू सत्ता वा शक्तिको लोभमा नभई सुशासनका लागि एकजुट भएको र शान्तिपूर्ण आन्दोलनमाथि दमन तथा गोली प्रहार भएको दाबी गरे।

सिफारिस

ताजा समाचार

लोकप्रिय