मंगलबार, भाद्र २३, २०८३
‘सरकारी र राजर्षी शैलीले एमाले कमजोर बनायो’ : ज्ञवाली

काठमाडौँ । एमाले नेता प्रदीप ज्ञवालीले पार्टीको नेतृत्व र कार्यशैलीमा सरकारी तथा राजर्षी प्रवृत्ति हाबी हुँदा जनतासँगको सम्बन्ध कमजोर भएको बताएका छन्।

मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रममा उनले एमालेको मूल चरित्र जनपरिचालन भए पनि पछिल्लो समय पार्टीको ध्यान जनताभन्दा प्रशासनिक सरुवामा केन्द्रित भएको बताए।

उनले सीडीओ, प्रहरी तथा प्रशासकीय अधिकृतको सरुवामा बढी ध्यान दिँदा पार्टी नेता र जनताबीच दूरी बढेको बताए। यस्तो अवस्था तत्काल सुधार गर्नुपर्नेमा उनले जोड दिए।

ज्ञवालीले फागुनको निर्वाचनमा कमजोर नतिजा आउनुमा पार्टीभित्रको आन्तरिक विवाद र एकताको कमी पनि जिम्मेवार रहेको बताए। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद तथा समूह–उपसमूह निर्माणले पार्टीलाई असर गरेको उनको भनाइ थियो।

उनका अनुसार जनताका मुद्दाबाट टाढिएकै कारण संविधान मिचिँदा वा पार्टी नेतामाथि ज्यादती हुँदा समेत जनता एमालेको पक्षमा सडकमा आउन सकेनन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय