मंगलबार, भाद्र २३, २०८३
नेपालमाथि हङकङको रोमाञ्चक जित, मलेसिया प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १५ रनले पराजित गरेको छ।

हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.१ ओभरमा २४६ रन बनाएर सबै विकेट गुमायो। नेपालका इशान पान्डेले ९० रन बनाए पनि टोलीलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन्।

आसिफ शेखले ४४ रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरी, करण केसी र गुल्शन झाले क्रमशः २५, २१ र २० रन बनाए। हङकङका एइजाज खानले चार विकेट लिए।

हङकङको पारीमा बाबर हायात नायक बने। उनले १२७ बलमा सात चौका र सात छक्कासहित ११७ रनको अविजित पारी खेले। एहसान खानसँग मिलेर उनले १२८ रनको अविजित साझेदारी गरेपछि हङकङले २६१ रन बनाएको थियो।

नेपालका सन्दीप लामिछानेले चार र शेर मल्लले तीन विकेट लिए। हङकङको जितसँगै नेपाल र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् भने आयोजक मलेसिया बाहिरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय