काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। उनको चीन भ्रमण २८ भदौदेखि ३ असोजसम्म रहनेछ।
भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरममा सहभागिता जनाउनेछन्। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले उनलाई बिदाइ गरेका थिए।











