आइतबार, भाद्र २८, २०८३
ग्यास अभावपछि कृष्णभीरको सडक खुलाउन युद्धस्तरमा काम, ग्राभेल हाल्न सुरु

चितवन । राजधानी काठमाडौं जोड्ने पृथ्वी राजमार्गको कृष्णभीरमा सडक सञ्चालनमा ल्याउन निर्माण कार्यलाई तीव्रता दिइएको छ। नयाँ ट्र्याकमा आजदेखि ग्राभेल बिछ्याउन सुरु गरिएको छ।

भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको फेद कटान गरी राजमार्ग भासिएपछि पहाड काटेर वैकल्पिक ट्र्याक निर्माण भइरहेको हो। अहिले सडक फराकिलो बनाउने, सतह सम्याउने र ग्राभेल बिछ्याउने काम भइरहेको छ।

सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार केही दिनमै काम सम्पन्न गर्ने लक्ष्यका साथ ठूलो संख्यामा उपकरण तथा जनशक्ति परिचालन गरिएको छ। दैनिक १४ हजारभन्दा बढी सवारीसाधन गुड्ने यो सडक अवरुद्ध हुँदा काठमाडौंमा ग्यास र खाद्यान्न आपूर्तिमा समस्या देखिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय