मंगलबार, भाद्र ३०, २०८३
पशुपतिनाथमा तीजको दर्शन सहज बनाउन १,२५० प्रहरी परिचालन

काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने भक्तजनको सुरक्षालाई मध्यनजर गर्दै १,२५० प्रहरी परिचालन गरिएको छ।

बिहान ३:१५ बजेदेखि मन्दिरका चारवटै ढोका खुला राखिएको छ। बिहान ७ बजेसम्म ९ हजारभन्दा बढी दर्शनार्थीले पूजा तथा दर्शन गरिसकेका छन् भने थप ३ हजार दर्शनार्थी लाइनमा छन्।

प्रहरीले दुई सिफ्टमा सुरक्षा व्यवस्थापन गर्नुका साथै सिसिटिभी, ड्रोन र सादा पोसाकका प्रहरीमार्फत निगरानी गरिरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय