मंगलबार, भाद्र ३०, २०८३
तीजको अवसरमा गगन थापाले दिए नेपाली दिदीबहिनीलाई शुभकामना

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन्।

उनले तीज नेपाली महिलाको सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै चाडपर्वले नेपाली समाजको मौलिकता, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई थप बलियो बनाउँदै आएको बताएका छन्।

नेपालका विविध धर्म, संस्कृति, संस्कार र परम्पराले विविधताबीचको एकतालाई मजबुत बनाएको उल्लेख गर्दै थापाले तीजले सबैको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धि ल्याउने कामना गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय