काठमाडौँ । मन्त्री महावीर पुनले विपद्का बेला उद्धार तथा राहत कार्यलाई सहज बनाउन ड्रोन र रोबोटिक्सको प्रयोग बढाउने तयारी भइरहेको बताएका छन्।
उनले चीन र यूएईबाट ८० देखि १०० किलोग्रामसम्म सामग्री बोक्न सक्ने ड्रोन प्राप्त भएको जानकारी दिँदै नेपालमै यस्ता भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको बताए।











