रसुवा । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा सम्पर्कविहीनहरूको खोजी गर्ने क्रममा बुधबार ३ वटा शव फेला परेका छन्। खोज तथा उद्धार टोलीले शव फेला पारेपछि अहिले निकाल्ने प्रयास गरिरहेको छ।
भोटेकोशीमा आएको बाढीपछि आयोजनामा कार्यरत ६ जना सम्पर्कविहीन रहेको बताइएको छ।











