मंगलबार, आश्विन ०६, २०८३
बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने, बागमतीवासीलाई सतर्क रहन आग्रह

काठमाडौँ । बागमती प्रदेशमा असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि प्रदेश सरकारले सम्भावित जोखिमप्रति सचेत रहन नागरिकलाई आग्रह गरेको छ।

मन्त्रालयले जारी गरेको सूचनामा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै आकस्मिक बाढी, पहिरो र डुबानको जोखिम हुनसक्ने उल्लेख गरिएको छ।

वर्षाले सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन भनिएको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित खतरा देखिए सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ।

मन्त्रालयले घरमा आवश्यक खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य सामग्री सुरक्षित राख्न, पशुचौपायाको व्यवस्थापन गर्न र जोखिममा रहेका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ।

बाढी तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय