शुक्रबार, आश्विन ०९, २०८३
प्रा. डा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद लामाको माग

काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गरी राष्ट्रिय सम्मान प्रदान गर्न सांसद डा. राम लामाले नेपाल सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले नेपालको प्राविधिक तथा उच्च शिक्षाको विकास र शैक्षिक नीति निर्माणमा शर्माले पुर्‍याएको ऐतिहासिक योगदानको कदर गर्दै यस्तो सम्मान दिनुपर्ने बताएका हुन्। सन् १९८९ मा सीटीईभीटीका प्रथम कार्यकारी निर्देशकका रूपमा प्राविधिक शिक्षाको जग बसाल्न योगदान गरेका शर्माले सन् १९९१ मा काठमाडौं विश्वविद्यालय स्थापना गरी चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापनलगायत क्षेत्रमा गुणस्तरीय शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे।

शर्माको निधनले नेपाली शैक्षिक क्षेत्र र राष्ट्रलाई ठूलो क्षति पुगेको बताउँदै सांसद लामाले उहाँलाई आधुनिक नेपाली शिक्षाका दूरदर्शी व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय