शनिबार, आश्विन १०, २०८३
श्रीलङ्कामा सार्वजनिक सेवामा १ लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गरिने

एजेन्सी । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा १ लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने प्रक्रिया सुरु गरेको सार्वजनिक प्रशासन मन्त्री चन्दना अबेयरत्नेले बताएका छन्।

उनका अनुसार नयाँ भर्नाबाट शिक्षा, स्वास्थ्य, कृषि लगायत सार्वजनिक क्षेत्रका रिक्त पदहरू पूर्ति गरिनेछ। करिब ३० हजार शिक्षक तथा १ हजार ५०० भन्दा बढी ग्रामीण तहका अधिकारीको भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

स्वास्थ्य र कृषि क्षेत्रका रिक्त पदमा पनि थप जनशक्ति भर्ना गरिने मन्त्री अबेयरत्नेले बताएका छन्। यसअघि सन् २०२५ मा स्नातक तथा अन्य योग्य युवासहित करिब ३५ हजार व्यक्ति सार्वजनिक सेवामा भर्ना भएका थिए।

श्रीलङ्काले सन् २०२२ मा गम्भीर आर्थिक संकटको सामना गरेको थियो, जसका कारण खाद्यान्न, इन्धन र औषधिको चरम अभाव भएको थियो। उक्त संकटलाई देशले दशकौँयताकै सबैभन्दा गम्भीर आर्थिक संकटका रूपमा सामना गरेको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय