काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा ल्याएको छ।
प्रहरीका अनुसार जबरालाई सुरक्षा जोखिम रहेको सूचना पाएपछि सुरक्षित स्थानमा राख्न कार्यालय ल्याइएको हो। उनलाई ल्याउँदा अदालतबाट पक्राउ पुर्जी नलिइएको र हाल उनीविरुद्ध कुनै आपराधिक मुद्दा अघि बढाउने योजना नरहेको प्रहरीले जनाएको छ।
जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए।











