काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ।
गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बढ्दो बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।
इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षासँगै नदीले धार परिवर्तन गर्दा मुख्य राजमार्ग चर्किएको र भित्री सडकसमेत भासिएको हो।
सडक भासिएपछि मनकामना केबलकार सेवा हाल बन्द गरिएको छ।











