एजेन्सी । भारतको कठुआमा सहकर्मीसँग विवाद भएपछि सीआईएसएफका हेडकन्स्टेबलले गोली चलाउँदा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
मृत्यु हुनेमा असिस्टेन्ट कमान्डेन्ट अंकितकुमार पाण्डेसहित सब–इन्स्पेक्टर लक्ष्मण सिंह तथा कन्स्टेबल रफीक अहमद र सन्दीप कुमार रहेका छन्। घटनापछि आरोपी जवानलाई प्रहरीले पक्राउ गरेको छ।











