ललितपुर । हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ ताकुर्चेमा पहिरो खसेको हो। पहिरोका कारण दुवैतर्फको आवागमन प्रभावित भएको छ।
ललितपुर प्रहरी प्रवक्ता गौतम मिश्रले पहिरो हटाउन उपकरण तयारी अवस्थामा रहेको जानकारी दिएका छन्। तर, पहिरो खस्ने क्रम जारी रहेकाले हटाउने काम अघि बढाउन समस्या भइरहेको छ।











