काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गर्नुभएको छ।
राष्ट्रपति पौडेलले कुमारीका साथै भैरव र गणेशको दर्शन गर्नुभयो। त्यस क्रममा कुमारीबाट टीका, फूल र प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रथम महिला सबिता पौडेल पनि उहाँसँगै कुमारी घर पुग्नुभएको थियो।











