शुक्रबार, आश्विन १६, २०८३
सङ्घीय निजामती सेवा विधेयक संसद्मा दर्ता

काठमाडौँ । प्रस्तावित सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद्मा दर्ता भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आज संसद् सचिवालयमा विधेयक दर्ता गराएकी हुन्।

मन्त्री रावलले विधेयकले निजामती सेवालाई थप दक्ष, प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने अपेक्षा गरिएको बताएकी छन्। उनका अनुसार विधेयक तयार पार्न गहन अध्ययन तथा व्यापक छलफल गरिएको छ।

सङ्घीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा सुशासन र सार्वजनिक प्रशासन सुधारका लागि विधेयक महत्वपूर्ण आधार बन्ने उनको विश्वास छ।

मन्त्रिपरिषद्को असोज १३ गते बसेको बैठकले विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय