काठमाडौँ । भुटानविरुद्ध हुने टी–२० अभ्यास खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तिम टोली घोषणा गरेको छ।
क्यानले बुधबार विपिन खत्रीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। अभ्यास खेल बिहीबार र शुक्रबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछन्।
भुटानी टोली अहिले पोखरा भ्रमणमा रहेको छ। उसले गण्डकी प्रदेशसँग दुई अभ्यास खेल खेलिसकेको छ, जसमा दुवै खेलमा पराजित भएको थियो। भुटान टी–२० विश्वकपको उपक्षेत्रीय छनोटको तयारीका लागि नेपाल भ्रमणमा आएको हो।
क्यानको टोलीमा: विपिन खत्री (कप्तान), अर्जुन कुमाल, सोहेल कुँवर, भान्स क्षेत्री, मयंक यादव, तृत राज दास, प्रकाश जैसी, दीपक डुम्रे, त्रिविन श्रेष्ठ, रासिद खान, विपिन शर्मा, युवराज खत्री, दयानन्द मण्डल र आकाश चन्द रहेका छन्।











