काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा ५ सय रुपैयाँले बढेको हो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर आज ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।











