काठमाडौं । साइप्रसमा वैदेशिक रोजगारी लगाइदिने भन्दै ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट सरोज मल्ललाई पक्राउ गरेको छ।
चाँगुनारायण नगरपालिका–३ बस्ने ३७ वर्षीय मल्लले एक जना व्यक्तिलाई आकर्षक तलबको रोजगारीमा साइप्रस पठाइदिने भन्दै रकम लिएको आरोप छ। रकम लिएपछि सम्पर्कविहीन भएपछि पीडितले प्रहरीसमक्ष उजुरी दिएका थिए।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मल्ललाई चाँगुनारायण नगरपालिका–३ बाट पक्राउ गरेको हो।
पक्राउ परेका मल्ललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।











