शनिबार, आश्विन १७, २०८३
कारोबार रकम बढे पनि नेप्से घट्यो, ४.२९ अर्बको सेयर कारोबार

काठमाडौँ । सेयर बजारमा आज ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा नेप्से परिसूचक भने घटेको छ।

आज नेप्से ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४५ प्रतिशतको गिरावट हो।

आज ३५६ धितोपत्रका १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४३ हजार ६८५ पटक कारोबार भएका छन्। कुल कारोबार रकम ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँ रहेको छ।

म्युचुअल फन्ड र व्यापार उपसमूहबाहेक अन्य सबै उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह ०.७३ प्रतिशतले घटेको छ। एनएमबी डिबेन्चरको मूल्य १४.२९ प्रतिशत बढ्दा सिन्धु विकास बैंक ८.५५ प्रतिशतले घटेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय