सोमबार, आश्विन १९, २०८३
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी घोषणा गरेका छन्। भृकुटीमण्डपमा जारी कांग्रेस महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खड्गीले आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

‘नेपाली कांग्रेसको सभापतिको लागि आफूलाई योग्य जस्तो सम्झिएर मैले उम्मेदवारी घोषणा गरेको छु,’ उनले भने।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि रहेका खड्गीले आफूले ४० वर्षअघि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीति सुरु गरेको बताए। त्यसयता आफू निरन्तर कांग्रेसको कार्यकर्ताका रूपमा सक्रिय रहेको उनको भनाइ छ।

उनले देशमा लोकतन्त्र स्थापना र विधिको शासन लागू गर्ने विषयमा आफू लामो समयदेखि प्रतिबद्ध भएर लागिरहेको दाबीसमेत गरे।

सिफारिस

ताजा समाचार

लोकप्रिय