काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति गगनकुमार थापाले पार्टीभित्र गुट वा प्यानल रहेको भन्दै भइरहेका प्रचारमा विश्वास नगर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
थापाले पार्टीको आन्तरिक निर्वाचन स्वस्थ लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गर्दै यसपटक कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन्। आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची सार्वजनिक तथा प्रचार गरिएकोप्रति स्पष्ट पार्दै उनले त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न अनुरोध गरेका छन्।
उनले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम र प्रभावमा नपरी स्वतन्त्र विवेकका आधारमा मतदान गर्न आग्रह गरेका छन्। साथै, प्राविधिक कारणले निर्वाचन एक दिन ढिलो हुन पुगेकोमा क्षमा माग्दै निर्वाचन प्रक्रियामा उत्साहपूर्ण सहभागिताका लागि अपिल गरेका छन्।











