शुक्रबार, आश्विन २३, २०८३
अग्रिम टिकट बुकिङ खुल्नुअघि नै नयाँ बसपार्कमा यात्रुको घुइँचो

काठमाडौँ । दशैंका लागि घर जाने यात्रुलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजदेखि सुरु भएको छ। टिकट बुकिङ खुल्ने अघिल्लो रातदेखि नै काठमाडौंको नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुको भीड लागेको छ।

यात्रुको भीड नियन्त्रण तथा टिकट वितरणलाई सहज बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा अतिरिक्त टिकट काउन्टर थप गरेको छ। यात्रुको आवागमन व्यवस्थित गर्न र उनीहरूलाई सुरक्षित रूपमा सेवा उपलब्ध गराउन आवश्यक प्रबन्धसमेत गरिएको कम्पनीले जनाएको छ।

असोज २० गते यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको थियो। बैठकमा नेपाल प्रहरी, यातायात व्यवसायी र मजदुर प्रतिनिधिको पनि सहभागिता थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय