काठमाडौँ । दशैं नजिकिँदै गर्दा गुल्मीमा भेडा तथा च्याङ्ग्राको व्यापार सुरु भएको छ। दशैंमा भाकल गर्ने र धार्मिक परम्पराअनुसार पूजा गर्ने प्रयोजनका लागि भेडा खरिद गरिने भएकाले यस समयमा यसको माग बढ्ने गरेको छ।
बागलुङको ढोरपाटनबाट व्यवसायीले करिब एक सय वटा भेडा तथा च्याङ्ग्रा गुल्मीको सदरमुकाम तम्घासमा ल्याएर बिक्री गरिरहेका छन्। दशैंमा हुने मागलाई ध्यानमा राखेर असोज ४ गतेदेखि पशु लिएर ढोरपाटनबाट यात्रा सुरु गरिएको थियो।
बिक्रीमा राखिएका भेडा तथा च्याङ्ग्राको मूल्य आकारअनुसार निर्धारण गरिएको छ। हाल च्याङ्ग्राको जिउँदो तौल प्रतिकिलो १ हजार २०० रुपैयाँ र भेडाको प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री भइरहेको छ।











