काभ्रे । काभ्रेपलाञ्चोकमा लेदो माटो र गेग्रान खसेर अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
रोशी गाउँपालिका–९, पिन्थलीबेँसी नजिकै नार्के र पिन्थलीबेँसीबीचको निर्माणाधीन सडकखण्डमा लेदो खसेपछि यातायात अवरुद्ध भएको थियो।
डोजरको सहायताले सडकमा थुप्रिएको लेदो र गेग्रान हटाएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो।
वर्षा जारी रहेमा सडकका अन्य स्थानमा पनि अवरोध हुनसक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।












