शनिबार, आश्विन २४, २०८३
दसैँ–तिहारमा नेपाल टेलिकमका ग्राहकलाई छुट र बोनस सुविधा

काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर, २०८३’ सार्वजनिक गरेको छ।

अफरअन्तर्गत नयाँ एफटीटीएच इन्टरनेट जडानमा ५०० रुपैयाँ छुट र वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

१००, १५० र २०० एमबीपीएसका वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन्। भर्चुअल सेटअप बक्ससहितको प्याकेजमा एक हजार रुपैयाँ छुटसमेत दिइनेछ।

मोबाइल ग्राहकका लागि ४९९ र ६९९ रुपैयाँका अनलिमिटेड प्याकेज सार्वजनिक गरिएका छन्। यस्तै, २०० रुपैयाँमा एक हजार मिनेटको भ्वाइस प्याकेज र ९९ रुपैयाँमा एक हजार एसएमएसको सुविधा उपलब्ध हुनेछ।

मोबाइल प्याकेज असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले विशेष नम्बर ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत प्याकेज लिन सक्नेछन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय