आइतबार, आश्विन २५, २०८३
९३औं पटक रक्तदान गर्ने रक्तदाता प्रल्हाद शर्मा हुमागाईले गरे ५ हजार १ रुपैया नगद सहयोग

काभ्रे /रक्तदान शिविरमा *९३औं पटक रक्तदान* गर्ने रक्तदाता एवं सामाजिक अभियन्ता *प्रल्हाद शर्मा हुमागाई* ले रक्तदान गर्नुको साथै *५ हजार १ रुपैया नगद सहयोग* समेत गर्नुभएको छ।
जिल्ला सहकारी संघले पछिल्लो समय सहकारी क्षेत्रको संस्थागत विकाससँगै *सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत प्राथमिकतामा* राख्दै आएको छ। सोही क्रममा आयोजित यस कार्यक्रमले *सहकारी संस्था समुदायको आर्थिक साझेदार मात्र नभई सामाजिक तथा मानवीय सेवाको सहयात्री पनि हो* भन्ने सन्देश दिएको छ।


नगद सहयोग सम्बन्धमा जिज्ञासा राख्दा रक्तदान कार्यक्रमलाइ प्रोत्साहन दिनका ला लागि आफुले ब्यक्तिगत रुपमा सामाजिक दायित्व सम्झी बिगत देखिनै सहयोग गर्दै आएको उहाँले बताउनु भयो ।उहाँको यश किसिमको सहयोगले सामाजिक काम गर्नेहरुका लागि प्रेरणा मिलेको रक्तदान आयोजक समितिका संयोजक पुर्ण सागर रन्जितले जानकारी दिनु भयो।
रक्तदानमार्फत जीवन बचाउने अभियानमा योगदान र स्वास्थ्य परीक्षणमार्फत समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले सम्पन्न कार्यक्रमले *सहकारी क्षेत्र, सामाजिक संस्था र समुदायबीचको सहकार्यको एउटा सकारात्मक उदाहरण* समेत प्रस्तुत गरेको छ।

सहयोगका बारेमा प्रतिक्रिया दिदै सामाजिक अभियन्ता हुमागाईको कथन छ : रक्तदान कार्यक्रम गर्न प्रेरणा दिने मुल उदेश्यका साथ सहयोग गर्ने अभियान कै निरन्तरता हो । आफुले यस भन्दा अघि नि यस्तै सहयोग गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जाहेर गर्दै ५१ पृन्ट रगत संकलन गर्ने उर्जा थप्ने एउटा कडिका रुपमा लिएको बताएका छन् । यता रक्तदान शिबिर आयोजक समितिका संयोजक पुर्ण सागर रंजितले अभियन्ता हुमागाईको यस किसिमको सहयोगले हामी जस्ता सामाजिक अभियन्ताका लागि प्रेरणाको श्रोत हुन् ! समाजमा यस्ता मन कारी ब्याक्तित्वको खाचो खड्किदैं गएको अवस्थामा उहाको यो अभियान अनुकरणीय छ ।

*🩸 जीवन दान – ९३औं पटक🩸जिल्ला* सहकारी संघ लिमिटेड (डिस्कोफ), बनेपाको आयोजनाम श्रीखण्डपुर, पनौती- ५ मा सम्पन्न *बृहत् रक्तदान एवम् स्वास्थ्य शिविर* मा *६२ पिन्ट रगत संकलन* भएको छ। कार्यक्रममा *६२ जनाले रक्तदान* गरेका थिए भने *९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण* गराएका थिए।
रक्तदान जीवन दान हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय