काभ्रे । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीबाहिर रहेका लोकतन्त्रवादी र जेन्जी पुस्तालाई कांग्रेसमा जोड्न पहल गर्ने बताएका छन्।
“पार्टीभित्र हामीले उठाउँदै आएको परिवर्तन र रूपान्तरणको आवाजलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गर्नुभएको छ। हामीले अघि सारेका एजेन्डामा काम गर्न र प्रतिबद्धता पूरा गर्न प्रतिनिधिहरूले हामीलाई थप जिम्मेवार बनाउनुभएको छ,” उनले भने।
“पार्टीका नेता, कार्यकर्ता र जनताले हामीमाथि भरोसा गर्नुभएको छ। त्यो भरोसा पूरा गर्न अब अझ बढी मेहनत र ऊर्जाका साथ काम गर्नुपर्छ,” आचार्यले भने।
उनले पार्टीलाई रूपान्तरण गर्न आफूहरू थप सक्रिय हुनुपर्ने जिम्मेवारी महसुस गरेको उल्लेख गर्दै पार्टीबाहिर रहेका लोकतन्त्रवादी र जेन्जी पुस्तालाई कांग्रेससँग जोड्ने पहल गर्ने बताए।












