शनिबार, कार्तिक ०१, २०८३
भोटेकोशी–त्रिशूली बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। ती पुलको मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीले त्रिशूली करिडोरमा रहेका पुलहरूमा क्षति पुर्‍याएको थियो। कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले सबै १८ वटा पुल मर्मतपछि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।

उहाँका अनुसार ११ वटा पुलमा लट्ठा बटारिने, डेक तथा बिम बगाउने र साइडका जालीमा क्षति पुग्ने जस्ता समस्या देखिएका थिए। बाँकी सातवटा पुलमा भने सामान्य क्षति पुगेको थियो।

बढी क्षति भएका पुलमा बटारिएका लट्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने, नयाँ स्टिल डेक तथा बिम जडान गर्ने र साइडका जाली पुनः राख्ने काम गरिएको छ। सामान्य क्षति पुगेका पुलहरूको आवश्यक मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।

मर्मत गरिएका पुलहरू नुवाकोट, धादिङ, गोरखा र आसपासका जिल्लालाई जोड्ने विभिन्न स्थानमा रहेका छन्। पुलहरू सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाको आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय