काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा सङ्खुवासभा जिल्ला कमिटीका पूर्वअध्यक्ष जेबी घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्दै २०४७ सालदेखि पार्टी सङ्गठन निर्माणमा निरन्तर सक्रिय रहनुभएका घिमिरेले शिक्षा र समाजसेवाका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको उल्लेख गर्नुभएको छ। उहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको अध्यक्ष ओलीको भनाइ छ।
अध्यक्ष ओलीले दिवङ्गत घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।
सङ्खुवासभाको मादी गाउँपालिका–मखुवा निवासी ६६ वर्षीय घिमिरेको असोज २८ गते निधन भएको हो।




