काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम आज दिउँसो २ बजे हुने भएको छ।
निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार सभापति गगन थापाले यसअघि नै शपथ लिइसकेका छन्। अब सभापतिबाहेकका निर्वाचित तथा निर्विरोध २३० जनालाई शपथ गराउने तयारी छ।


