काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
महासंघका अनुसार सुन प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ।


