बुधबार, कार्तिक १८, २०८३
कानपुर कालापानी स्वास्थ्य चौकीलाई अत्यावश्यक औषधि सहयोग

काभ्रे । नमोबुद्ध नगरपालिका–५ स्थित कानपुर कालापानी स्वास्थ्य चौकीलाई मद्धत नेपाल, समाजसेवी परीक्षण हुमागाई र जीवन लामाले विभिन्न अत्यावश्यक औषधि सहयोग गरेका छन्।

स्वास्थ्य चौकीमा आवश्यक औषधि उपलब्ध गराउने उद्देश्यसहित गरिएको उक्त सहयोगले स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ।

सामाजिक उत्तरदायित्व र मानवीय सेवाभावलाई आत्मसात् गर्दै गरिएको यस पहलको स्थानीयस्तरमा प्रशंसा गरिएको छ। सहयोगीहरूले यसअघि पनि नमोबुद्ध नगरपालिका–१० स्थित पुरानोगाउँ स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिसकेका छन्।

स्थानीय स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता बढाउन यस्ता सहयोगात्मक कार्यले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय