काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले आज राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्।



