काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवर्द्धनका लागि सरकारले तत्काल आवश्यक कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री साहले निर्माणजन्य सामग्रीको व्यवस्थित उपयोग र निर्यातमार्फत आर्थिक गतिविधि बढाउन सरकारले आवश्यक पहल गर्नुपर्ने धारणा राख्नुभएको हो।



