पत्रकार पौडेल बिन्धवासिनी माविको ४४ वार्षिकोत्सवमा सम्मानित
काभ्रे (मण्डनदेउपुर) – काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० माझी गाउँमा रहेको बिन्धबासिनी मावि,४४ वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा शिक्षा, समाजसेवा, पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै मण्डनदेउपुर नगरपालिका मेयर टोकबहादुर वाइवाले निर्वाचनको समयमा बोलेका धेरै कुरा आफूहरुले पुरा गरिरहेको बताए । संघीय सरकारले गर्नु पर्ने शिक्षा र स्वास्थ्यको काम आफूहरुले गरेको भन्दै शिक्षा र स्वास्थ्यमा आफ्नो नगरले धेरै कुरामा फड्को मारेको दावि गरे।
उनले सबै विद्यालयमा दरबन्दीको व्यवस्थासँगै शिक्षा विकासमा निक्कै धेरै काम भएको दावि गरे । उनले निर्वाचनको समयमा शून्यको अवस्थामा रहेको आफ्नो नगरलाई निक्कै विकास गरेको बताए । वडा अध्यक्ष विष्णुमणी नेपालले सबैको सहकार्यको कारणले आफ्नो वडाबाट सकेसम्म धेरै सेवा पुग्ने वातावरण सृजना गरेको भने । उनले आफू जनताको सेवक भएकाले जनताको आम चासोका कामहरु निरन्तर रुपमा गरिरहने बताए ।
विद्यालयका प्रअ शिवराम सापकोटाले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । मण्डनदेउपुरका शिक्षा शाखाका प्रमुख लोकेन्द्र बिष्टले नमूना विद्यालय बनाउने अभियानमा आफू सकृय भएर लागेको बताए ।
कार्यक्रममा सोही नगरका स्थायी बासिन्दा पत्रकार केशवराज पौडेललाई बिन्धवासिनी माध्यामिक विद्यालय र अर्जुन–राधा फाउन्डेसनले सुरुवात गरेको अर्जुन–राधा बिन्धवासिनी पत्रकारिता सम्मान २०७८ नगद पाँच हजार सहित सम्मान गरेको थियो । त्यस्तै सेवा निवृत्त भएका र विद्यालयमा अध्यापन गराएर अयन्त्र सरुवा भएका शिक्षकलाई सम्मान गरिएको थियो ।