काभ्रे । ७१ औँ प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी राकेश थापा पुरस्कृत भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको समारोहमा अन्य प्रहरी कर्मचारीलाई पनि पुरस्कृत गर्नुका साथै अमर प्रहरीका शहीद परिवारलाई सम्मान गरेको छ।
एसपी रविन कार्कीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अधिकारीले नागरिक सुरक्षामा प्रहरी सधैँ तत्पर रहनुपर्ने बताए। एसपी कार्कीले शान्ति सुरक्षा कायम गर्न प्रहरी निरन्तर सक्रिय रहेको बताए।




