शुक्रबार, आश्विन ३०, २०८३
गोरखाका डीएसपी राजकुमार श्रेष्ठ सम्मानित

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठ सम्मानित भएका छन् । ७१औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उनलाई सम्मान गरेको हो ।

श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध रोकथाममा प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ ।

विपद् प्रतिकार्य, खोज तथा उद्दार कार्यमा समेत उनको नेतृत्वदायि भूमिका रहेको भन्दै उनलाई सम्मान गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नगद पुरस्कारसहित कदर पत्रले सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रेष्ठलाई कदर पत्रले सम्मान गरेका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय