एमाले काभ्रे अधिवेशनमा विद्युतीय मतदान भोटिङ मेसिन प्रयोग गरिने
आइतबार, पौष १८, २०७८ | १३:५३:४७

काभ्रे (बनेपा) – नेकपा एमाले काभ्रेले १० औं जिल्ला अधिवेशनमा विद्युतीय मतदान भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । यहीँ पौष २३ गते हुन लागेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय मतदान भोटिङ मेसिन प्रयोग गर्न लागेको हो ।
मतदान हुने स्थानमा विद्युतीय मतदान भोटिङ मेसिन जडानका लागि भोटिङ मेसिन बनाएका राम लक्ष्मण इनोभेसन्स प्रा.लिसंग साथ सम्झौता गरिएको एमाले काभ्रेले जनाएको छ । चितवनमा सकिएको १० औं महाधिवेशन जस्तै एमाले काभ्रेमा पनि केही पद सर्वसम्मत र केही पदमा निर्वाचन हुने अनुमान गरिएको छ ।