आफ्नै जन्मथलोमा मन्त्री झाँक्री सम्मानित

गुल्मी – सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई जन्मथलो मदाने गाउँपालिका ४ म्यालपोखरी गुल्मीमा सम्मान गरिएको छ । मन्त्री भएपछि पहिलो पटक जन्मथलो आएकी सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई स्थानीबासीहरुले स्वागत सहित सम्मान गरेका हुन् ।

आइतबार उनको स्वागतमा मदाने गाउँपालिका ४ वडा कार्यालय लगायत यहाँ रहेका विभिन्न राजनीति दलका नेता,कार्यकर्ता,सामाजिक व्यक्ति,आमा समूह, क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि, र स्थानीयवासी लामवद्घ भई फूलमाला र खादा लगाई सम्मानपत्रले समेत सम्मान गरेका थिए ।

स्थानीय चेली मन्त्रीको सम्मानमा स्थानीय पञ्चेवाजाको टोली सहित निवासमै पुगेका थिए । मन्त्रीको स्वागतका लागि बालबालिकादेखि ८० वर्ष उमेर समूह कटेका जेष्ठ नागरिक पनि वडा कार्यालयदेखि सडकका विभित्र भागमा लामवद्ध भएर स्वागतका लागि उपस्थित भएका थिए ।

उनीहरुले मन्त्री झाक्रीलाई नेपाल सरकारको मन्त्री जस्तो गरिमामय पदमा पुगेकोमा वधाई दिदै पदको गरिमालाई थप उचो बनाउन आर्शिवाद समेत दिएका थिए । यस्तै मन्त्री झाक्रीलाई मदाने गाउँकार्यपालिका गुल्मीले पनि आफ्नै कार्यालयमा सम्मान तथा स्वागत गरेकोे छ भने माध्यमिक शिक्षा अध्ययन गरेको पृथ्वी माध्यमिक विद्यालय पुर्कोट दहले समेत सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस