होटल हिमालय दृश्यमा एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुटको व्यवस्था

काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल स्थित होटल हिमालय दृश्यमा एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ । एनएमबि बैँक र हिमालय दृश्य होटेल बीचको सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो ।

सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका थिए ।अत्याधुनिक बैंकिङ्ग सुविधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागी होटलसँग सहकार्य गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस