नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनको तयारी तिब्र

काभ्रे (बनेपा) । धुलिखेलमा हुन लागेको नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशन तिब्र भइरहेको छ । अधिवेशनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । आगामी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा निर्वाचनको तयारी स्वरुप ४० वटा मेशिनको प्रयोग गरिने कार्यालय सचिव हरिकुमार मैनालीले बताए ।

पौष २३ गते सुरु हुने अधिवेशनमा काभ्रेमै पहिलो पटक विद्युतीय मतदान हुन लागेको उनले जानकारी दिए । एमालेको विधानअनुसार सबै पदमा निर्वाचन भएमा प्रतिनिधीले मेशिनमार्फत मतदान गर्नेछन् । विधानले निर्देशन गरे अनुसार जिल्ला अध्यक्षदेखि विभिन्न आयोगसम्ममा मतदान गर्नु पर्नेछ ।

काभ्रेमा जिल्ला अधिवेशनमा १ हजार ५ सयको हाराहारीमा प्रतिनिधिले मतदान गर्नेछन् । यद्यपी काभ्रेमा सर्वसम्मतलेनै नेतृत्व चयन हुने सम्भावना रहेको मैनालीले बताए । ‘सकेसम्म जिल्लाका सबै पदमा सर्वसम्मतको प्रयास भैरहेको छ तर निर्वाचन हुने अवस्थामा हामी तयारी हालतमा रहेका छौ’ मैनालीले भने ।

प्रतिनिधीलाई डिजिटल क्युआर कोर्ड
एमाले काभ्रेले प्रतिनिधीको कार्डमा उच्च प्रविधीको प्रयोग गरेको छ । प्रतिनिधीलाई क्युआर कोडसहितको कार्ड उपलब्ध गराउँदै त्यसलाई स्क्यान गरेर मात्रै सभास्थलको बन्द सत्रमा छिर्न पाउने व्यवस्था एमालेले गर्न लागेको हो । कार्ड स्क्यान गरेपछि उसको सबै विवरण कम्युटरको स्क्रिनमा देखिने गरि काम भैरहेको मैनालीले बताए ।

१३ स्थानीय तहमा तयारी बैठक
एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको लागि काभ्रेका १३ वटा नै स्थानीय तहले तयारी थालेका छन् । एमाले काभ्रेको जिल्ला अधिवेशनमा कम्तिमा ५० हजारको उपस्थितीमा धुलिखेल रंङ्गशालामा गर्ने अधिवेशनमा तयारीमा काभ्रेका १३ वटा स्थानीय तहले तयारी थालेका छन् । प्रत्येक स्थानीय तहले हजारौको संख्यामाकार्यकर्ता ल्याउने तयारी थालेकाछन् । सोही अन्तरगत बनेपानगरपालिकाले बृहत कार्यकर्ताको भेला समेत गरेका छन् । बनेपामा एमालेका पोलिट व्यूरो सदस्य एंव काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, बनेपाका नगर प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठको उपस्थितीमा भेला गरेको छ ।

कहाँबाट कतिको सहभागिता
एमालेको १० जिल्लाअधिवेशनको जनपरिचालन उपसमितीका संयोजक कंचन अधिकारीले काभ्रेका १३ वटा नै स्थानीय तहबाट हजारौंको संख्यामा जनसहभागिता गराउने भएको छ ।

उनका अनुसार बनेपाबाट ५ हजार, पनौती ५ हजार, धुलिखेल ५ हजार, पाँचखाल ३ हजार, मण्डनदेउपुर ५ हजार, नमोबुद्ध २५ सय, तेमाल २ हजार, बेथानचोक १ हजार, भुम्लु १ हजार, रोशी १ हजार, महाभारत ३ सय र खानीखोलाबाट कम्तिमा ५ सयको जनसहभागिता धुलिखेलमा गराउने भएको छ ।

७७ जिल्लाभन्दा काभ्रेमा बेग्लै रौनक
नेकपा एमालेले एकै पटक पौष २३ गते ७७ वटानै जिल्लामा अधिवेशन गर्न लागेको छ । त्यसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने काभ्रेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसले कार्यकर्ता पंक्तिमा बेग्लै रौनक छाएको छ । काभ्रेमा १३५ वटा नै वडाका कार्यकर्ता ओलीलाई स्वागत गर्न व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस