कोरोना अपडेट : ४ जनामा संक्रमण, ६ जना संक्रमणमुक्त
काभ्रे (धुलिखेल) – जिल्लामा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आज ६ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको १५ वटा पिसिआर र २३ वटा एन्टिजेन गरी कुल ३८ वटा परीक्षणमा २ वटा पिसिआर र २ वटा एन्टिजेन गरी ४ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ६१ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ४६ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।
जिल्लामा अहिले १२ जना महिला र १० जना पुरुष गरी ३२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म काभ्रेका १ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
जिल्लामा आज ३ सय ४४ जनाले कोरोना विरुद्धको पहिलो मात्राको र ५ सय ८४ जनाले दोस्रो मात्राको भेरोसेल खोप लगाएका छन् । त्यस्तै जिल्लामा आज २ जना महिलाले पहिला मात्राको र ७३ जना महिला र ८१ जना पुरुष गरी १ सय ५४ जना बालबालिकाले दोस्रो मात्राको फाइजर खोप लगाएको कार्यालयले जनाएको छ ।