‘मतदाता नामावली संकलन कार्य जारी छ’: जिल्ला निर्वाचन कार्यालय काभ्रे

काभ्रे (धुलिखेल)  – मतदाता नामावली संकलन कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै मतदाता नामावली संकलन कार्य जारी रहेको बारे जानकारी गराएको हो ।

कार्यालयबाट प्रकाशित सूचनामा भनिएको छ, ‘मतदाता नामावली संकलन कार्य नेपाल सरकारबाट निर्वाचनको मिति घोषणा नभएसम्म सूचारु हुने भएकाले मतदाता नामावलीमा नाम संकलन छुट भएका व्यक्तिहरुले लाइनमा बसी आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।’

निर्वाचन कार्यालय काभ्रेले आफ्नो सूचनामा भनेको मतदाता परिचय पत्र २०७८ पौष १९ गते अन्तिम मिति भन्ने खालको भ्रामक सूचनाको पछि नलाग्न कार्यालयले आम जनसुमदाय तथा सरोकारवाला समक्ष अनुरोध गरेको छ ।

कार्यालयबाट प्रकाशित सूचना : 

 

 

सम्बन्धित खबर

सिफारिस