सुनको मूल्य घट्यो : कतिमा हुदैँछ कारोबार ?

काठामाडौँ –  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलमा ९ सय रुपैँयाले घटेर ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुुसार तेजाबी सुनको मूल्य समेत आज तोलामा ९सय रुपैयाँले नै घट्दै ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमाबार प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

सम्बन्धित खबर

सिफारिस